STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २९, आइतबार

रास्वपाकी पूर्वसहमहामन्त्री एवं निवर्तमान सांसद सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् ।

संचारमाध्यमलाई उनले यस्तो भनेकी छन्:

कहिल्यै गल्ती नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएको हुँ । तर, त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । 

अब खुल्ला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुञ्जेल मनलाग्दी गर्नुहोला । QUIT मैले पार्टी छोडेँ ।

कांग्रेस, एमालेलगायत पार्टीका तेस्रो पुस्ताका नेताहरूले पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको व्यवहार हो । त्यो किन बोकेर बस्नुहुन्छ ? अहिले सही समय आएको छ । आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।

Categorized in राष्ट्रिय