STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न सरकारको निर्देशन

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ८, सोमबार

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना कोभिड–१९ को लागि गठित उपचार कोषको लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब नगर्न सरकारले निर्देशन दिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काटेर कोषमा नराख्ने निर्णय गरेको हो । उक्त निर्णय बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सम्बन्धित निकायलाई तलब कट्टा नगर्न पत्राचार गरेको छ । यसअघि प्रहरी प्रधान कार्यालयले अधिकृत तहदेखि माथिका प्रहरीको तीन देखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको थियो भने अन्य राष्ट्रसेवक कर्मचारीको तलबबाट भने ओहोदा अनुसार तीन देखि ७ दिनसम्मको तलब कट्टा गरिएको छ ।

(फाइल तस्बिर)

Categorized in राष्ट्रिय