relans
ni new 83
nib 2082 5

सुरजबीरको ‘हाकु मैंचा’ बोलको म्युजिक भिडियो लोकार्पण

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण ४, सोमबार

सन्चारकर्मि तथा साहित्यकार का रुपमा पनि पहिचान बनाएका गायक एवं गीतकार   सुरजबीर बज्राचार्यको ‘हाकु मैंचा’ बोलको नेपालभाषाको गीतको म्युजिक भिडियोलाई एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ ।   थिमिको प्यासिफिक फुड ल्याण्डमा आयोजित कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले म्युजिक भिडियो लोकार्पण गरे ।  बालमुकुण्ड प्रजापतिको निर्देशन रहेको नेपालभाषाको ‘हाकु मैंचा त्वइसेच्वंका गन वनेत्यना ?’ बोलको गीतले माता पिरती साट्ने बखतको सौन्दर्यलाई अर्थ्याउँछ ।

प्रिमियर कार्यक्रममा मेयर श्रेष्ठले नेपालभाषामा निर्माण गरिएको गीतलाई व्यावसायीकरण गर्नुपर्नेमा जोेड दिए । सांगीतिक अभिव्यक्तिलाई जुनसुकै समुदाय, वर्ग र भाषामा बनाएर अन्तर्राष्ट्रियकरण गर्न सकिने उहाँको भनाइ थियो । नेपालभाषालाई सम्बद्र्धन गर्ने खालको गीतलाई प्रचार प्रसार गर्दै अघि बढ्नुपर्छ र यसमा मेयर आफैले पनि सक्दो सहयोग गर्ने  बताएका छन् ।

त्यस्तै गीतका रचनाकार तथा गायक सुरजबीर बज्राचार्यले ‘हाकु मैंचा’ लाई प्यारोडी गर्ने सोचका साथ तयार गरेको भए पनि  समायान्तरमा वरिष्ठ संगीतकार जुगल डंगोलसँगको सहकार्यमा  आधुनिक गीतका रुपमा  नयाँ प्राण भर्न सफल भएको उनले स्मरण गरे ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका पूर्व उपमेयर तथा संस्कृतिविद् ओमचरण अमात्यले कला, संस्कृति तथा गीत संगीतको विकास गर्नु पर्नेमा जोड दिए । उनी आफैले पनि बहुभाषी चलचित्र ‘हिम आँधी’ लाई अंग्रेजी, नेपाली, नेपालभाषा तथा चिनियाँ भाषामा अनुवाद गरेर अन्तर्राष्ट्रियकरण गर्ने सोच बनाएको कुरा अमात्यले प्रकाश पारे ।

नेपाल सांस्कृतिक उत्थान परिषद्को व्यानरमा तयार भएको म्यूजिक भिडियोको मुख्य भूमिकामा अणु खड्का, रमेश बल्ल तथा आशाराम शिल्पकार छन् । त्यस्तै कलाकारहरुमा डेरिका छन्त्याल, आरती भासिमा, अस्मिता मानन्धर तथा लिजा र निशा प्रजापति छन् । देवेन्द्र प्रजापतिको छायांकन तथा सम्पादन रहेको भिडियोमा दिपक बज्राचार्य र सागर वनमालाले संयुक्त रुपमा कोरियोग्राफी गरेका छन् ।

Categorized in साहित्य-कला
ppp 2