STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुर्खेतका ३४ घरपरिवारलाई पुनःस्थापना

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ९, बिहिबार

कर्णाली प्रदेश सरकारले मङ्गलबार राति आएको बाढीबाट विस्थापित सुर्खेत उपत्यकाका ३३ घरपरिवारलाई पुनःस्थापना गरेको छ । बाढीले वीरेन्द्रनगर नगरपालिका–९ र १० सुर्खेतका बाढीपीडितलाई सरकारले उद्धार गरी बुधबार पुनःस्थापना गरेको हो । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, सांसद पद्मा खड्का, कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले बुधबार नै बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको थियो । प्रभावित क्षेत्रमा पुगेको सरकारले बाढीले पारेको क्षतिको अवलोकन गरेको थियो । अवलोकनपश्चात डुबानमा परेका भू–भागका नागरिकलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उद्धारमा खटिएको ६५ प्रहरी टोलीले घटनास्थलबाट ३० व्यक्तिलाई उद्धार गरेको प्रवक्ता क्षेत्रीले बताउनुभयो । बाढीबाट वीरेन्द्रनगर–९ सुर्खेतका नौ घर डुबानमा, वडा नं १० स्थित देउती कृषि फार्म, एक बाच्छी र दुई गाई, ५०० कुखुरा, बङ्गुर, भाँडावर्तन, खाद्यान्नलगायत बाढीले बगाएर क्षति पु¥याएको प्रहरीले जनाएको छ । त्यसैगरी, नगरपालिकाको १२ वडास्थित अम्मरबहादुर तारामी मगरको मौरी ५० घार र ओमप्रसाद शर्माको ३० मौरी घार पूर्ण क्षति पु¥याएको प्रहरीले जनाएको छ । त्यस्तै, सोही वडाका प्रतिमान कामीको डेढ कठ्ठा खेत, चक्रबहादुर गुरुङको भे१ह ३४२० नंको एक अटो ५० मिटर तल बीच खोलामा पुरिएर झण्डै रु पाँच लाख बराबरको क्षति भएको बताइएको छ । बाढीले सुर्खेतकै भेरीगङ्गा नगरपालिका अमिलाचौरका टीकाराम बस्यालको एकतले ढुङगा–माटोले बनेको घरमा क्षति पुग्दा रु एक लाख ५० हजार क्षति भएको प्रहरीले जनाएको छ ।
Categorized in उपत्यका