relans
ni new 83
nib 2082 5

सुर्खेतमा फिल्मी मेकप कार्यशाला शुरु

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ माघ ३०, बुधबार

नेपाल सरकार , सन्चारकःमि तथा सुचना प्रविधि मन्त्रालय चलचित्र विकास बोर्डको आयोजनामा कर्णाली प्रदेशका चलचित्रकर्मीहरूका लागि "फिल्मी मेकअप" सम्बन्धी पाँचदिने कार्यशाला बुधबार एक विशेष समारोहका बीच सुरु भएको छ।  

करिब तीस जना स्थानीय चलचित्रकर्मीहरूको सहभागिता रहेको सो कार्यशालाको उद्घाटन समारोहमा सभापति वरिष्ठ नाट्यकर्मी तथा कलाकार यमनारायण आचार्य र प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष गणेश भण्डारी उपस्थित रहनु भएको थियो । बोर्डका सदस्य राजु के.सी. को संयोजनमा सञ्चालन भइरहेको यस कार्यशालामा कर्णालीका प्रतिष्ठित चलचित्रकर्मी प्रेम देव गिरी लगायतका कलाकार तथा साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको छ।  

चलचित्रकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यशालामा नेपाली चलचित्रका वरिष्ठ सौन्दर्यकर्मि एवं प्रशिक्षक सन्तु तामाङ द्वारा प्रशिक्षण प्रदान गरिनेछ। माघ ३० गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुने यो तालिमले स्थानीय कलाकारहरूलाई फिल्म निर्माणको महत्त्वपूर्ण पक्ष—मेकअप—बारे व्यावहारिक ज्ञान प्रदान गर्दै उनीहरूको दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

Categorized in सिनेमा
ppp 2