relans
ni new 83
nib 2082 5

सुलोचना मानन्धर र विजयरत्न लाई भक्तपुरमा सम्मान

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ श्रावण ७, बुधबार

नेपालको एेतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरको प्रतिष्ठित साहित्यिक संस्था नेपाल साहित्य मन्दिरले वर्षेनी प्रदान गरिँदै आएको पुरस्कार जरिमैंया साखः लुमन्ति सिरपा यस लर्ष सुलोचना मानन्धर धिताललाई प्रदान गरिने भएको छ । नेपालभाषाको साहित्यिक क्षेत्रमा अतुलनीय योगदान दिंदै आएका एक नारी स्रस्टा लाई प्रदान गरिने यो पुरस्कारको साथसाथै सोही संस्थाले एक पुरुष साहित्यकारलाई दिइने  कुमार साखः हःपाः सिरपा यो वर्ष नेपालभाषा साहित्य र सन्चार क्षेत्रमा कृयाशिल  विजयरत्न असंबरेलाई प्रदान गरिने भएको छ । 

यही गुंलाथ्व द्वितिया,साउन १० गते शनिबार भक्तपुरको भार्भाचो स्थित तिसा रेस्टुरेन्टमा सम्पन्न हुने एक कार्यक्रममा पुरस्कृत हरु लाई  नगद राशी सहित सम्मान पत्र प्रदान गरिने कुरा अायोजक संस्थाका हध्यक्ष एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ  त्रैलोक्यमान बनेपाली अगिबले जानकारी दिनु भएको छ । उहाँले जानकारी दिनुभए अनुसार सोही समारोहमा नेपालभाषाका वरिष्ठ भाषिक अभियन्ता छत्र बहादुर कायस्थलाई विशिष्ट साहित्य सम्मान ११४५ बाट सम्मानित गरिने भएको छ । अायोजक संस्थाले सबै भाषाप्रेमी र साहित्यप्रेमी महानुभावहरुलाई सो समारोहलाई भव्य बनाउनकालागि सहभागी भइदिनु हुन पनि अनुरोध गरेका छन् ।

Categorized in साहित्य-कला
ppp 2