STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुशांत आत्महत्यामा करण जोहर, सलमान खान, एकता कपूरविरुद्ध मुद्दा दर्ता

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ३, बुधबार

एजेन्सी - बलिउड अभिनेता सुशांत सिंह राजपूतको मृत्युको घटनामा बिहारको मुजफ्फरपुरमा बलिउडका थुप्रै सेलिब्रेटीहरू विरुद्ध मुद्दा दायर गरिएको छ। मुजफ्फरपुरको सुशांत सिंह आत्महत्या प्रकरणमा करण जोहर, सलमान खान, एकता कपूर, संजय लीला भन्साली, साजिद नाडियाडवाला, आदित्य चोपड़ा, भूषण कुमारलगायत कलाकारहरू विरुद्ध मुद्दा दर्ता गरिएको भारतीय च्यानल एपिवीले जनाएको छ । अधिवक्ता सुधीर ओझाले यी सबैजनालाई राजपूतकाे आत्महत्याको आरोप लगाउँदै मुख्य अदालतमा मुद्दा दर्ता गराएकाे जनाइएकाे छ। एफआईआरमा भनिएको छ कि यी सबैको कारण सुशांत आत्महत्या गर्न बाध्य भएको हाे। सुशांतको मृत्युले जनताको भावनामा चोट पुर्‍यायो। यस पत्रमा अभिनेत्री कंगना रनौतको नाम पनि साक्षीको रूपमा रेकर्ड गरिएको छ।ओझाले अदालतले भने कि यस मुद्दाको अर्को सुनुवाइ ३ जुलाई मा हुनेछ।  
Categorized in सिनेमा