STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुशीला विदेशी शक्तिको प्रधानमन्त्री भएको मेयर हर्कको आरोप

Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २९, आइतबार

काठमाडौं - चुनावी सरकारको प्रधानमन्त्री बन्न प्रधानसेनापति अशोक सिग्देलसँग भेटे पनि असफल भएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई विदेशी शक्तिको प्रधानमन्त्री भएको आरोप लगाएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा "विदेशी शक्तिको प्रधानमन्त्री जो भए पनि जनताको प्रधानमन्त्री मै हुँ। साराले रुचाए पनि डिजाइनरले रुचाएनन्। आज जेनजीको मत सर्वेक्षण गर्दा हुन्छ। भत्किएको देश बनाउन सक्थेँ, भिजन र योजना छ म सँग।"\राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार बेलुका चुनाव गराउने जिम्मेवारीसहित प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गरेर शपथ समेत खुवाइसकेका छन्।

शीतल निवासको भित्री कोठामासामान्य रूपमा आयोजित शपथ समारोहमा हामी नेपाली नामक एनजिओका प्रमुख सुदन गुरुङसहितका प्रतिनिधि देखिए पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह समेत देखिएनन्।

शपथ समारोहमा मुख्य राजनीतिक दलका नेताहरू समेत देखिएनन्। पूर्व प्रधानमन्त्रीहरुमध्ये केवल डा बाबुराम भट्टराई मात्रै देखिए। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ पनि कार्कीलाई बधाई दिन शीतल निवास पुगेकी थिइन्।

समारोहस्थलमा भारत अनि चीनसँगै अन्य राजदुतहरुसमेत उपस्थित थिए। उपराष्ट्रपति, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको उपस्थित रहेको शपथ समारोहमा प्रधानसेनापति अशोक सिग्देल समेत सहभागी थिए।

Categorized in राष्ट्रिय