relans
ni new 83
nib 2082 5

सेनाको एयर बेस स्थापना

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १७, मंगलबार

नेपाली सेनाले पश्चिम क्षेत्रलाई लक्षित गरेर सुर्खेतमा एयर बेस स्थापना गरेको छ । काठमाडौँ उपत्यकाभित्र मात्रै सञ्चालन हुँदै आएको हवाई पारवहन क्षमतालाई विस्तार गर्ने क्रममा आजदेखि सुर्खेतबाट एयर बेस सेवा सञ्चालन गरिएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले आज सुर्खेत एयरपोर्ट ब्यारेकमा एयर बेस सञ्चालन कार्यको शुभारम्भ गर्नुभयो । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बेसमा ह्याङ्गर निर्माण कार्यको थालनी भइसकेको बताउँदै हाल एमआई–१७ सहित दुई वटा हेलिकोप्टर नियमित रुपमा तैनाथ रहने जानकारी दिनुभयो । “आगामी १० वर्षभित्र हवाई साधन थप गरी सेकेन्ड लाइन मेन्टिनेन्ससहितको सेवा प्रदान गर्ने उद्देश्य छ,” नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बेसले कर्णाली तथा सुदूरपश्चिम प्रदेशका जनतालाई विपद् तथा आकस्मिक घटनाको समयमा छिटोछरितो र प्रभावकारी ढङ्गबाट उद्धार तथा राहत वितरण कार्यमा थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।” उक्त शुभारम्भ कार्यक्रममा युद्वकार्य महानिर्देशक, व्यवस्था नीति तथा योजना महानिर्देशक, प्रबन्ध तथा सम्भाररथी, सैनिक हवाई महानिर्देशक, उत्तर पश्चिम पृतनापतिलगायत उच्चपदस्थ सैनिक अधिकारीहरुको उपस्थिति रहेको थियो ।
Categorized in राष्ट्रिय
ppp 2