STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सेनाको रु छ अर्ब बेरुजु फछ्र्योट

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ९, सोमबार

नेपाली सेनाले आर्थिक वर्ष २०७५र७६ मा बेरुजु फछ्र्योटमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । नेपाली सेनाको नाममा कायम भएको कूल रु नौ अर्ब ३३ करोड ४४ लाख पाँच हजारमध्ये उक्त आर्थिक वर्षमा रु छ अर्ब २८ करोड ७६ लाख ६८ हजार बेरुजु फछ्र्योट गर्न सफल भएको प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । आव २०७५र७६ मा ६० प्रतिशतको लक्ष्य राखिएकामा ७६।३६ बेरुजु फछ्र्योट भएको र बाँकी बेरुजुमध्ये पनि ९७ प्रतिशत पेश्की बेरुजु रहेको उहाँले बताउनुभयो । नेपाली सेनाले सङ्गठनको नाममा रहेको बेरुजु फछ्र्योट गरी शून्य बनाउने र आगामी दिनमा बेरुजु नै हुन नदिने नीति बनाएर काम गरिरहेको छ । सेनाको कल्याणकारी कोषतर्फको बेरुजुु रु ७० करोड २० लाख ९३ हजार रहेकामा उक्त आवमा रु ४४ करोड २० लाख ६० हजार फछ्र्योट गरी ६२।९६ प्रतिशत प्रगति हासिल भएको जनाइएको छ । पछिल्लो समय बेरुजु घटाउन सङ्गठन संवेदनशील र सक्रिय रहेको हुँदा बेरुजु फछ्र्योटको अवस्था पछिल्लो समय निकै सुधारोन्मुख रहेको प्रवक्ता पाण्डेले बताउनुभयो ।
Categorized in राष्ट्रिय