सोमबारदेखि काठ्माडौमा विद्युतीय बस सञ्चालन हुने
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २२, आइतबार
कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने बताएको छ । काठमाडौंमा लामो समय बस एकै स्थानमा ‘होल्ड’ गरेर चार्ज गर्न नसकिने अवस्था भएकाले कम्पनीले सुपर फास्ट चार्जिङ मेसिन पनि ल्याउन लागेको छ । हाल कम्पनीसँग २ घन्टामा फूल चार्ज गर्न सक्ने चार्जिङ मेसिन आइसकेको छ ।
‘काठमाडौंमा चार्जिङ स्टेशनका लागि धेरै जग्गा उपलब्ध हुन सक्दैन, त्यसैले जतिसक्दो छिटो चार्ज हुने र एउटै मेसिनबाट फरक–फरक गाडीमा पनि चार्ज गर्न सकिने प्रविधि चिनियाँ कम्पनीले नेपालकै लागि विकास गर्दैछन्,’ उनले भने । कम्पनीले गत हप्ता नै आफ्नो चार्जिङ स्टेसनको उद्घाटन गरिसकेको छ ।
यो बसमा यात्र गर्नेले स्मार्ट यात्रा कार्डमार्फत भाडा तिर्न सक्नेछन् । मोबाइलबाट ‘क्युआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सकिनेछ । अहिले कम्पनीले यो प्रणालीको परीक्षण गरिरहेको छ ।
बसमा नै आधुनिक तवरको स्मार्ट पेमेन्ट सिस्टम जोडिएको छ । जसमा यात्रुले कार्ड राखेर आफ्नो तोकिएको भाडा भुक्तानी गर्न सक्नेछन् । बसको भित्री बनोट पनि मजबुत तवरको रहेको कम्पनीका अध्यक्ष थापा बताउँछन् । आधुनिक ‘सस्पेन्सन सिस्टम’ सहितको यो बसमा यात्रा गर्न आरामदायी पनि हुने उनको भनाइ छ ।
विद्युतीय बस वातावरणमैत्री हुन्छन् । यिनीहरुले कुनै प्रकारको इन्धन खपत गर्दैनन् भने डिजेल गाडीले जस्तो चर्को ध्वनी निकाल्दैनन् । आफ्ना विद्युतीय बसहरु उकालो सडकमा पनि सजिलै चल्न सक्ने बीएके कम्पनीको दावी छ ।
बीएकेका विद्युतीय बहरुको सञ्चालन खर्च पनि निकै सस्तो हुनेछ । हाल काठमाडौंमा चलिरहेका डिजेलबाट चल्ने लामो प्रकारका गाडीहरुले प्रति ३ देखि ५ किलोमिटर दूरी पार गर्दा १२० रुपैयाँ खर्चन्छन् । तर, विद्युतीय बसको सञ्चालन खर्च त्यो भन्दा निकै कम छ । प्रत्येक ५ किलोमिटरमा बीएके कम्पनीको सञ्चालन खर्च २० रुपैयाँ मात्रै पर्ने अध्यक्ष थापा बताउँछन् । ३ देखि ५ किलोमिटर चल्दा विद्युतीय बसले डिजेलको भन्दा १०० रुपैयाँ कम खर्च गर्ने उनको भनाइ छ ।
Categorized in राष्ट्रिय


