सोलमा यस हप्ता त्रिपक्षीय सुरक्षा वार्ता हुने
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २४, मंगलबार
दक्षिण कोरियाको राजधानी सोलमा यसै हप्ता सुरक्षाको विषयमा त्रिपक्षीय वार्ता हुन लागेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जानकारी दिएको छ ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयमा एघारौं त्रिपक्षीय सुरक्षा वार्ता हुन लागेको हो । यस।वार्तामा दक्षिण कोरिया, अमेरिका र जापानका प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ ।
यस वार्तामा निःशस्त्रीकरण, कोरियाली प्रायःद्वीपमा शान्ति, क्षेत्रीय सुरक्षालगायत एकआपसको सहयोगका विषयमा वार्ता हुने जनाइएको छ ।
गत शनिबार उत्तर कोरिया पूर्वीय तटीय शहर वोनसनबाट जापानी समुद्रमा छोटो दुरीको क्षेस्यास्त्र प्रहार गरेको थियो ।
Categorized in अन्तर्राष्ट्रिय