STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्कटल्याण्डको एडम्बरामा आदिवासी जनजाति चलचित्र महोत्सव हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ माघ ३०, बुधबार

१० फेब्रुअरी मा एक औपचारिक कार्यक्रम गरि Nepal Scotland Association (NSA) का अध्यक्ष बिजय डंगोल, हिमालय सेन्टर एडम्बराका अध्यक्ष टीका लिम्बु, रंगकर्मी कलाकार सुबाश थापा, निर्माता सागर सुवेदी तथा नेपाल चलचित्र निर्देशक समाजका महासचिव/ नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशका अध्यक्ष तथा  महोत्सवका निर्देशक अरुण कुमार प्रधानले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी स्कटल्याण्डको एडम्बरामा आदिवासी जनजाति  चलचित्र महोत्सव हुने कुराको जानकारी दिन ब्यानर प्रदर्शन गरि औपचारिक रुपमा महोत्सवको घोषणा गर्नु भएको छ ।

 स्कटल्याण्ड तर्फको आयोजक Nepal Scotland Association (NSA) रहने छ भने  नेपाल तर्फको आयोजना चलचित्रकर्मी महासंघ, प्रदेश १ र फिल्म कल्चर  सोसाइटी अफ नेपालले गर्ने छ । कार्यक्रमको सहयोगी संस्थाक रुपमा नेपाल चलचित्र निर्देशक समाज रहने छ भने कार्यक्रमको सहजीकरण आदिवासी जनजाति चलचित्र महासंघ, प्रदेश १ ले गर्ने छ ।

नेपालमा रहेर आदिवासी जनजाति चलचित्र निर्माण गरिरहेका सम्पुर्ण चलचित्रकर्मी हरुको लागि आफ्नो  अन्तरास्ट्रिय बजारमा प्रवर्द्धन  गर्नको लागि यो एउटा सुनौलो अवसर भएको हुदा सम्पुर्ण चलचित्रकर्मीले यो महोत्सव सफल बनाउन को लागि सहयोग गर्नु पर्छ र हाम्रो साथ सहयोग रहने छ भनेर आदिवासी जनजाति चलचित्र महासंघ, प्रदेश १ का अध्यक्ष ज्योतिराज राईले बताउनु भयो । 

हाम्रो खाना, हाम्रो पहिरन, हाम्रो संस्कृति, हाम्रो चलचित्र हेर्दै  हाम्रो कलाकार लाई अवार्ड र सम्मान प्रदान गर्दै मनाईने महोत्सवमा जातिय खाना उत्स्व, जातिय पहिरन   प्रदर्शन, चलचित्र प्रदर्सन, अन्तरक्रिया कार्यक्रम, सम्मन कार्यक्रम,  सांस्कृतिक कार्यक्रम र अवार्ड वितरण कार्यक्रम गर्दै  यो कार्यक्रम  आयोजना गर्ने जानकारी महोत्सवका निर्देशक अरुण कुमार प्रधानले जानकारी गराए ।

अगस्त २०२५ मा आयोजना हुने महोत्सव स्कटल्याण्डमा हुने बिश्वको चर्चित महोत्सव "एडम्बरा महोत्सव " कै अवसरमा पारेर आयोजना हुन लागेको महोत्सव नेपालिहरुको यश प्रकारको महोत्सव एडम्बरामा पहिलो पटक आयोजना हुन लागेको हो भन्ने जानकारी Nepal Scotland Association (NSA) का अध्यक्ष बिजय डंगोल ले गराए । 

 चलचित्र सहभागिताको लागि  आवेदनको आव्हान , अन्य गतिविधि प्रारम्भ हुनको साथै अवार्डका बिधाहरु सम्बन्धि जानकारी चाडै नै गराउने  महोत्सव निर्देशक अरुण कुमार प्रधानले बताए ।

Categorized in सिनेमा