स्टार संगीत भिडियो अवार्ड २०२५ को कार्यक्रममा नेपालभाषाको 'नेवाः प्याखं मुना' पुस्तक प्रकाशन हुने
Janjati Khabar – Janjati Khabar | २०८१ माघ ५, शनिबार
कलाकार एवं लेखक राजु महर्जन जुजुको नामले परिचित नेपालभाषाको विभिन्न ६ वटा फिल्मको स्क्रिप्ट संग्रह 'नेवाः प्याखं मुना' पुस्तक प्रकाशन हुने भएको छ । नेपालभाषा फिल्म, कला र मनोरञ्जन क्षेत्रमा क्रियाशील व्यक्तित्व स्वतन्त्र संसार महर्जनको संसार कियसन नेपालले आगामी ने.सं. ११४५ प्वहेलागाः नवमी, विहीबार (माघ १० गते) कीर्तिपुर सिनेप्लेक्स हलमा आयोजना गर्ने एक विशेष समारोहका बिच उक्त पुस्तकको लोकार्पण हुने भएकोछ । 'नेवाः प्याखं मुना' नामक सो पुस्तक नेपालकै सबैभन्दा पहिलो फिल्म स्क्रिप्ट पुस्तकको रुपमा प्रकाशन हुन लागेको छ । यस पुस्तकमा स्वतन्त्र संसार महर्जन कलाकारको रुपमा संलग्न हुनु भएको र निर्देशन गर्नु भएको 'ग्वाज्यःचा', 'अय् जि यःम्ह', 'निफ्वः स्वां', 'हसना', 'पियाच्वना', 'वा रे यज्जु वा' सहित ६ वटा फिल्मका स्क्रिप्ट समावेश भएका छन् ।
'नेवाः प्याखं मुना' पुस्तकको सम्पादन सुनिता राजभण्डारी जुनुले गर्नुभएको छ भने पुस्तकको प्रकाशक समाजसेवी एवं गायिका सरिता महर्जन हुन् । साथै अन्य व्यवस्थापन संसार्स क्रियशनन्स नेपालबाट भइरहेको छ । यस पुस्तकको मूल्य रु पाँच सय राखिएको छ ।
यसै दिन आयोजकको तर्फबाट संसार नेशनल स्टार म्यूजिक भिडियो अवार्ड २०२५ मा प्रतिस्पर्धा का लागि भित्रिएको ९५ वटा म्यूजिक भिडियोका सर्जकलाई पनि सहभागिता प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा ललितपुर महानगर पालिकाका मेयर चिरिबाबु महर्जन मुख्य अतिथिको रुपमा उपस्थित हुने हुने भएको छ ।
Categorized in सिनेमा

