STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्नातक तहको नेपालभाषा विषयमा सविना महर्जन सर्वोत्कृष्ट

Janjati Khabar – Janjati Khabar | २०८१ मङ्सिर २६, बुधबार

काठमाडौं – त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत स्नातक (बी.ए.) तहमा नेपालभाषा विषय ८१.१४ प्रतिशत अंक सहित सविना महर्जन सर्वोत्कृष्ट भएका छन् ।

पाटन क्याम्पसकी छात्रा महर्जनले चार वर्षे स्नातक तहको २०८१ सालमा प्रकाशित नतिजामा नेपालभाषा विषयमा सर्वोत्कृष्ट स्थान हासिल गर्नुभएको हो ।

विश्व निकेतन मा.वि., त्रिपुरेश्वरमा नेपालभाषा स्यनामिको रुपमा कार्यरत महर्जन नेपालभाषाको काव्य साहित्यमा पनि सक्रिय हुनुहुन्छ । उहाँले विराट नेपालभाषा साहित्य सम्मेलनको कविता विधामा पहिलो पुरस्कार प्राप्त गर्नुभएको थियो । यसैगरी, लुमन्ति दबू, नेपालभाषा केन्द्रीय विभागको आयोजनामा सम्पन्न अन्तर क्याम्पस कविता प्रतियोगितामा पनि उहाँले पहिलो पुरस्कार जित्नुभएको थियो ।

नेपालभाषाको उच्च शिक्षा अध्ययनलाई निरन्तरता दिनुहुँदै उहाँले नेपालभाषा केन्द्रीय विभागमा स्नातकोत्तर तहमा भर्नाको तयारी थालिसक्नुभएको छ ।

 

Categorized in शिक्षा