STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्याफ्रु–मैलुङ सडक मर्मत  

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ४, बुधबार

सवारी साधन गुढाउन असहज भएपछि नेपाली काङ्ग्रेसले स्याफ्रु–मैलुङ खण्डको अन्तर्रास्ट्रिय राजमार्गमा सुधारका कार्य अगाडि बढाएको छ ।
काङ्ग्रेस रसुवाले दिएको जानकारी अनुसार स्याफ्रबेंशी नजिक छोकलदेखि मैलुङसम्मको १७ किमि दुरीको भू–भागमा गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुवेँशी सडक सुधार आयोजनाले गरेको सुधारका काम यथेष्ट नभएपछि सुधारको कार्य अगाडि बढाइएको हो ।
अन्तर्राष्ट्रिय राजमार्ग सहज तरीकाले सञ्चालन गर्न सांसद मोहन आचार्यले निःशुल्क दिनु भएको निजी स्काभेटर सहयोग र जिल्ला पार्टी सभापति पेम्वाछिरिङ तमाङ तथा पार्टी सचिव सुनावाङ्दी तामाङको अगुवाइमा राजमार्गको सुधार कार्य थालनी भएको छ ।
राजमार्ग  सुधारको कार्यअन्तर्गत भार्खु पुछारको तातोपानी भीरमा  पहिरोले पुरेको उकालो सतहलाई होचो बनाउनुको साथै बढी मात्रामा सवारी चालकले असहज मानेको धुञ्चे तलको त्रिशूली नदीदेखि छोकलसम्मको करीब पाँच किलोमिटर भू–भागका राजमार्गको अधिकांश ठाउँमा सतह मिलाउनुको साथै ग्राबेलसमेत गरिएको छ । अन्य ठाउँको सुधारका लागि अझै केही दिन लाग्ने पार्टी सभापति पेम्वाछिरिङ तामाङले जानकारी दिनुभयो ।
यस्तै धुञ्चे तल त्रिशूली नदीमा पक्की पुल निर्माण नहँुदा नदीबाट  सवारीसाधन तार्नुपर्ने समस्या हल गर्न आफ्नो दलले  ह्युमपाइपको व्यवस्था मिलाउन लागेको समेत सभापति तामाङले बताउनुभयो । उहाँका अनुुसार  कार्यारम्भमा मैलुङदेखि नै गएको वर्षायाममा ठाउँठाउँको पहिरोले थुपारेको अवरोध भने पहिलो चरणमा हटाइसकिएको छ ।
 आफ्नो दलले गरेका कार्यप्रगति पारदर्शी गर्न रसुवामा क्रियाशील पत्रकारलाई स्थलगत रूपमा अवलोकन गराइसकिएको  नेका जिल्ला पार्टी सचिव सुनावाङ्दी तामाङले बताउनुभयो । नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्वि गर्ने एक मात्र अन्तर्राष्ट्रिय राजमार्ग सुधारका लागि  सांसद मोहन आचार्यको स्काभेटर र मेसिन सञ्चालनका लागि आमाछोदिङ्मो गाउँपालिकाले उपलब्ध गराएको डिजेल सहयोगले  सामाजिक हित भएको स्थानीयवासीले बताएका छन् ।
यसैगरी बेत्रावती धुञ्चे स्याफ्रु राजमार्गअन्तर्गत गत भदौमा धुञ्चे नजिक त्रिशूली नदी छेउको पहिरो व्यवस्थापन गर्न समेत सांसद मोहन आचार्यद्वारा  निःशुल्क रूपमा प्रदान गर्नुभएको स्काभेटर सहयोगले राजमार्ग  सुचारू गराइएको बताउँदै पूर्व प्रशासक कृष्ण पौडेलले ग्रामीण सडक निर्माणमा समेत आचार्यको स्काभेटर सहयोग महत्वपूर्ण रहेको जानकारी दिनुभएको छ ।
धैवुङधुम्ती नजिक धोबिखोला जिवजिवे, प्राङ्से, ज्याङलाङ, लोकिल,  कैदलटार जस्ता थुप्रै स्थानको सडक सुचारू गर्ने कार्यको साथै ठाउँठाउँमा खेलमैदान निर्माण, आफ्नो कला संस्कृति जीवन्त राख्न समयसमयमा जिल्लाका विभिन्न स्थानमा हुने संस्कृति कार्यक्रममा समेत सांसद आचार्यले उल्लेखनीय सहयोग गर्नुभएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
Categorized in राष्ट्रिय