स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा लामिछाने सर्वसम्मत
Janjati Khabar – Janjati Khabar | २०७९ पौष ४, सोमबार
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा सभापति रवि लामिछाने सर्वसम्मत चयन भएका छन् ।रास्वपाको सोमबार बिहान बसेको बैठकले लामिछानेलाई सर्वसम्मत चयन गरेको महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।
राष्ट्रपतिले एकसातभित्र सरकार गठनका लागि आह्वान गरेकाे भाेलिपल्ट साे पार्टीले संसदीय दलकाे नेता टुंगाे लगाएकाे हाे । अब साे पार्टीले सरकारकाे नेतृत्व गर्ने अवसर पायाे भने अध्यक्ष लामिछाने नै अघि सर्नेछन् ।
Categorized in राजनीति

