स्वास्थ्यकर्मीको सम्पर्कमा आएकामा कोरोना संक्रमण
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ६, मंगलबार
काठमाडौं – धनकुटा जिल्ला अस्पतालकी स्वास्थ्यकर्मीको सम्पर्कमा आएका पाँचजना व्यक्तिहरुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको समाचार प्राप्त भएको छ ।
उनीहरुको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो ।
संक्रमितहरु धनकुटा जिल्ला अस्पतालका एकजना प्रहरी, एकजना नर्स, दुई जना हेल्थ असिस्टेन्ट र एक जना नर्सका श्रीमान हुन् ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको जनाइएको छ ।
यसअघि पनि सोही अस्पतालकी एक जना नर्सलाई संक्रमण देखिएको थियो । त्यसपछि उनीसँग सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा थप ५ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै संक्रमित संख्या ४ सय ७ पुगेको छ । मंगलबार नै २७ जना संक्रमित थपिएका हुन् ।
Categorized in राष्ट्रिय