STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वास्थ्यकर्मीमाथिको कुटपिटविरुद्ध प्रदर्शन

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २२, बिहिबार

काठमाडौं – नेपाल मेडिकल कलेज (एनएमसी) का स्वास्थ्यकर्मीमाथि कुटपिट गरिएको विरोधमा हिजो देशैभरिका अस्पतालहरुमा प्रदर्शन गरिएको छ । विरोध प्रदर्शनकै क्रममा हिजै काठमाडौं न्युरोडस्थित ट्रमा सेन्ट र वीर अस्पतालमा पनि स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका थिए । केही दिनअघि नेपाल मेडिकल कलेजमा दुर्घटनामा परी ल्याइएका एकजना बिरामीको मृत्यु भएपछि उनको कोरोना परीक्षण गरिनुपर्ने सुझाव त्यहाँका स्वास्थ्यकर्मीले दिएका थिए । कोरोना जोखिम नियन्त्रणको लागि दिइएको सो सल्लाहलाई मृतकका परिवारले अस्वीकार मात्र गरेनन्, त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई कुटपिट पनि गरेका थिए । यही घटनाको विरोधमा कुटपिटमा संलग्नलाई कारबाहीको माग राखी स्वास्थ्यकर्मीहरु आन्दोलित छन् । स्वास्थ्यकर्मीमाथि भएको कुटपिटविरुद्ध प्रहरीले पनि जाहेरी लिन नमानेको चिकित्सकहरुको भनाइ छ ।
Categorized in राष्ट्रिय