स्वास्थ्य मन्त्रालयको त्रुटी, कोराना संक्रमित संख्या २४५ मात्रै
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १, बिहिबार
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नेपालमा ७ जना कोरोना संक्रमित थपिएको भने पनि जम्मा दुई जनामात्र नयाँ संक्रमित थपिएको पाइएको छ ।
मन्त्रालयले प्राविधिक कारणले पहिले नै पुष्टि भएका ५ जनाको विवरण पुनः रिपोर्टिङ भएको जनाएको छ । त्यसैले कुल संक्रमितको संख्या २४५ नै रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बिहान पौने ८ बजे सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार सर्लाहीको धान्कौल नगरपालिकाका २५ वर्षीय पुरुष, धनुषाको जनकपुर उपमहानगरपालिका र मिथिला नगरपालिका निवासी क्रमशः ४० वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको बताएको थियो ।
यस्तै महोत्तरीको जलेश्वर नगरपालिका र बलवा नगरपालिका निवासी १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको जनाएको थियो । तर, यी संक्रमितलाई मन्त्रालयले यसअघि नै गणना गरिसकेको थियो ।
Categorized in राष्ट्रिय