STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वास्थ्य शिविरमा धामीझाँक्री

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार

कुनै समय डाक्टरले निको पार्न नसकेको उपचार आफूले निको पार्न सक्ने दाबी गर्दै आएका यहाँका धामीझाँक्री पछिल्लो समय डाक्टरले सञ्चालन गरेका स्वास्थ्य शिविरमा गएर उपचार गराउन थालेका छन् । 
आफूमात्र नभई उनीहरु अहिले गाउँका अन्य बिरामीलाई पनि डाक्टर कहाँ गएर औषधोपचार तथा जाँच गराउन सल्लाह दिन थालेका शिखर नगरपालिका–९ का टेकबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “धामीलाई देउता काप्न खबर गर्न जाँदा अहिले उनीहरु पहिला अस्पताल लैजाउ डाक्टरलाई जाँच गराउ, डाक्टरले नसके हामी हेराँैला भन्छन् ।” जिल्लाका ग्रामीण क्षेत्रमा कोही बिरामी परे डाक्टरभन्दा पनि पहिले धामीझाँक्री कहाँ गएर उपचार गराउने पुरानो चलन छ ।
नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल मातहत रहेको नं ५ फिए तथा नं २५ फिएले शिखर–९ तिल्तालीका जनतालाई घरैमा निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालन गरेका निःशुल्क स्वास्थ्य शिविरमा धामीझाँक्रीसमेत उपचार तथा जाँच गराउन आएका थिए । धामीझाँक्रीप्रति निकै विश्वास तथा आस्था राख्ने यहाँका बासिन्दा धामीझाँक्री पनि डाक्टर कहाँ गएर औषधोपचार गराउन थालेपछि बिरामी पनि उपचार गराउन स्वास्थ्य संस्थामा आउने क्रम बढेको नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष योगेन्द्र बलायरले बताउनुभयो । 
जिल्लाको शैलेश्वरी अस्पताल दिपायलका चिकित्सक आइजङ्ग कुँवरका अनुसार पहिला यहाँका मानिस बिरामी पर्दा खासै अस्पताल तथा डाक्टर कहाँ आउने चलन भए पनि अहिले बिरामी पर्दा धामी नै अस्पताल तथा डाक्टर खोज्न थालेपछि गाउँका बिरामी स्वास्थ्य संस्थामा आउने लर्को लागिरहेको छ । उहाँले भन्नुभयो, “सबै विराममा देउताकै भर पर्दा मान्छेको ज्यान नै जान थालेपछि अहिले धामीले नै बिरामी डाक्टर कहाँ पठाउने गरेका छन् ।” 
Categorized in राष्ट्रिय