STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्विजरल्याण्डमा सार्वजनिक ठाउँमा अनुहार छोप्न प्रतिबन्ध, मुस्लिम समुदायले भने 'कालो दिन'

Janjati Khabar – एजेन्सी | २०७७ फाल्गुण २४, सोमबार

काठमाडौँ – स्विजरल्याण्डमा सार्वजनिक ठाउँमा अनुहार छोप्ने विषयमा जनमत सङ्ग्रह भएको छ ।

मुस्लिम महिलाहरूले लगाउने अनुहार छोप्ने बुर्का जस्ता पोसाकहरुको पहिरनमा प्रतिबन्ध लगाउने पक्षमा समर्थन गरिएको छ ।

प्रतिबन्धको पक्ष र विपक्षमा २ प्रतिशतमात्रै मतान्तर रहेको छ । समर्थनमा ५२ र विपक्षमा ४८ प्रतिशत मत खसेको बीबीसीले जनाएको छ ।

दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत सङ्ग्रह गरिएको थियो । तर स्वीस इस्लामिक समूहले मुस्लिम समुदायका लागि कालो दिन भनेको छ ।

सार्वजनिक ठाउँमा अनुहार छोप्ने पहिरनको विषय अरु युरोपेली देशहरूमा पनि विवादित छ । फ्रान्सले सन् २०११ मा अनुहार पूरै ढाक्ने पहिरनमाथि प्रतिबन्ध लगाएको थियो ।

त्यसपछि नेदरल्याण्डस्, डेनमार्क, अस्ट्रिया पनि त्यस्ता पहिरनमाथि आंशिक वा पूर्ण प्रतिबन्ध लगाएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय