relans
ni new 83
nib 2082 5

हलिं नेवाः दबू, अमेरिकाको नेपालभाषाको साहित्यिक कार्यक्रम

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र २०, शुक्रबार

काठमाडौं – चौथो विश्व नेवाः दिवसको उपक्ष्यमा यही मार्च २७ तारिखमा हलिं नेवाः दबू, अमेरिका शाखाको आयोजनामा नेपालभाषाका साहित्यकारहरुको वृहत् साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष प्रमेश श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु सो साहित्यिक कार्यक्रममा अमेरिका, नेपाल र अष्ट्रेलियामा रहेका प्रदीप तुलाधर (अष्ट्रेलिया), नरेश अमात्य (नेपाल), कृष्णदास जोशी (अमेरिका), राजा शाक्य (नेपाल), डा. आनन्द जोशी (अमेरिका), केशरमान ताम्राकार (अमेरिका), अञ्जना ताम्राकार (नेपाल), रितादेवी प्रधान (अमेरिका), प्रमिला साय्मि (अमेरिका), नरेशवीर शाक्य (नेपाल), सुरेश प्रधान (नेपाल) व बासव राजोपाध्याय (अमेरिका)ले आ–आफ्ना कथा, कविता, गजल एवं हाइकू वाचन गरेका थिए ।

सो साहित्यिक कार्यक्रम शिकागोमा रहेका कथाकार केशरमान ताम्राकारले संचालन गरेका थिए भने कार्यक्रममा सांस्कृतिक दूत एवं संस्थाका सचिव बासव राजोपाध्यायले धन्यवाद मन्तव्य राखेका थिए ।

Categorized in साहित्य-कला
ppp 2