हाउस अफ फेसनद्वारा ‘मिसेस भोग सीजन फोर’ को घोषणा
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ भाद्र ९, मंगलबार
मिसेस भोग नेपाल सीजन–३ की विजेता प्रतिक्षा थापाले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस ग्रान्ड इन्टरनेसनल म्यानमार २०२६’ मा ‘मिसेस ग्रान्ड ग्लोबल वुमन २०२६’ को प्रतिष्ठित उपाधि जित्दै नेपाललाई गौरवान्वित बनाएकी छिन् ।
हाउस अफ फेसन नेपालका अनुसार तेस्रो संस्करणको मिसेस भोग नेपाल २०२६ की विजेता ३२ वर्षीया प्रतिक्षाले हालै म्यानमारमा आयोजित प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
ग्राण्ड फिनालेमा उनले मुख्य उपाधिसँगै ‘मिसेस ग्ल्यामर’ को सब–टाइटल पनि आफ्नो नाममा पार्न सफल भएकी हुन् ।
प्रतियोगितामा नेपालबाट राष्ट्रिय निर्देशक (नेसनल डाइरेक्टर) का रूपमा सहभागी ओशिमा बानुले पनि ‘बेस्ट नेसनल डाइरेक्टर अवार्ड’ प्राप्त गरेकी छिन् । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी प्रतिनिधित्व, समर्पण र योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
आइतवार काठमाडौंमा आयोजिन पत्रकार सम्मेलनमा म्यान्मारमा आयोजित अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सफलता हालिस गरेका थापा तथा बानुले सञ्चारकर्मीसंग आफ्नो सफलताको कथा साझा गरेका छन् ।
विजेता प्रतिक्षा थापाले आफ्नो कडा मेहन तथा हाउस अफ फेसन नेपालका मेन्टरहरुको कडा प्रशिक्षणले आफूलाई अन्तर्राष्ट्रिय उपाधि जित्न सफल बनाएको धारणा व्यक्त गरिने् । राष्ट्रिय निर्देशकको उपाधि विजेता ओशिमा बानुले पनि प्रतिगको मेहनत तथा आफ्नो संसजको अथक परिश्रमले अन्तर्राष्ट्रियस्तरमा नेपालका गौरव बढाउन सफल भएको बताइन् ।
हाउस अफ फेसन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा नेपाली महिलाको क्षमता, आत्मविश्वास तथा नेतृत्वलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने आफ्नो अभियानलाई यस सफलताले थप बल दिएको जनाएको छ । पत्रकार सम्मेलनमा संस्थाले प्रतिक्षा थापा र ओशिमा बानुको उपलब्धिले नेपालको गौरव बढाएको उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा प्रतियोगिताका टाइटल स्पोन्सर सगून ज्वेलर्सका प्रमुख कार्यकारी अधिकृत पियूष सरावगी, मिसेस भोग नेपाल सीजन २ का विजेता डा.सुमी मल्ल, पर्यटनविद् तथा ठमेल पर्यटन विकास परिदका पूर्व उपाध्यक्ष गीता गुरुङ तथा फेसन उद्यमी श्रीजा श्रेष्ठ सहभागि हुँदै हाउस अफ फेसनले आयोजना गरेको मिसेस भोग नेपाल सीजन ३ का विजेता प्रतिक्षा थापाले पाएको उपलब्धिको प्रशंसा गर्दै सीजन ४ मा अझ उत्कृष्ट प्रतियोगिहरुले प्रतिस्पर्धा गर्ने आशा व्यक्त गरे ।
पत्रकार सम्मेलनमा हाउस अफ फेसन नेपालकी निर्देशक अोशिमा बानुले – ‘छनोट प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले सहभागीहरूको व्यक्तित्व, आत्मविश्वास, सञ्चार क्षमता, प्रस्तुति शैली तथा समग्र सम्भावनालाई प्रमुख आधार बनाइने छ ।’
‘BEYOND THE CROWN’ को अवधारणाले महिलालाई केवल प्रतियोगिताको विजेता बनाउनेभन्दा पनि समाजमा सकारात्मक भूमिका निर्वाह गर्न सक्ने आत्मविश्वासी र सक्षम नेतृत्वकर्ताका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । महिलाको व्यक्तिगत सफलता र सामाजिक जिम्मेवारीबीचको सम्बन्धलाई जोड दिँदै सहभागीहरूलाई समाजमा अर्थपूर्ण योगदान गर्न प्रेरित गरिने छ ।
मिसेस भोग सीजन फोरका विजेताहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने तथा ग्लोबल एक्सपोजर प्राप्त गर्ने अवसरसमेत पाउने आयोजकले जनाएको छ । यसले नेपाली विवाहित महिलाको प्रतिभा, क्षमता र आत्मविश्वासलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ ।
आगामी जनवरी महिनामा आयोजना हुने ग्राण्ड फिनालका विजेताहरूका लागि नगद पाँच लाख रुपैयाँसम्मका उपहार तथा विभिन्न अवसरहरू उपलब्ध गराइने छ । विजेताले प्राप्त गर्ने अवसरहरूलाई ताज र उपाधिमा मात्र सीमित नराखी व्यक्तिगत तथा व्यावसायिक विकाससँग जोडिने आयोजकले जनाएको छ ।
Categorized in साहित्य-कला

