हाटबजार बन्द गर्ने निर्णय
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ६, बिहिबार
धनगढीमा सबैभन्दा बढी मानिसहरुको जमघट हुने त्रिनगर कृषि उपज हाटबजारलाई बन्द गरिने भएको छ । विश्वमा फैलिएको कोराना भाइरसका सङ्क्रमणका कारण आइतबारका दिनदेखि हाटबजार बन्द गरिने त्रिनगर कृषि उपज हाटबजार व्यवस्थापन समितिका अध्यक्ष भवानीसिंह चैसिरले जानकारी दिनुभयो । धनगढी उपमहानगरपालिका, किसान र व्यवसायीहरुसँग छलफल गरी बन्द गर्ने निर्णय गरिएको हो । ५०० भन्दा बढी व्यापारीहरुले व्यवसाय गर्ने कृषि उपज हाटबजारमा दैनिक पाँच हजारदेखि १० हजार मानिस आउने गरेको अध्यक्ष चैसिरको भनाइ छ । उहाँले सरकारले गरेको निर्णयलाई मान्य हुने गरेर निर्णय गरिएको बताउनुभयो । अध्यक्ष चैसिरले २५ भन्दा सानो समूहमा वडामै तरकारी बिक्री वितरणका लागि आवश्यक परेमा ठाउँ उपलब्ध गराउनका निम्ति वडा कार्यालयबाट पहल थालिने बताउनुभयो ।


