हावाहुरीपीडितलाई चौधरी फाउण्डेशनको सहयोग
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार
नेपाली काङ्ग्रेसका सांसद एवं चौधरी फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले नवलपरासी, नवलपुरको देवचुली नगरपालिकाका हावाहुरीपीडितलाई चौधरी फाउण्डेशनमार्फत १०० बण्डल जस्तापाता सहयोग उपलब्ध गराउनुभएको छ ।
नवलपुरमा हावाहुरी र असिना पानीले व्यापक क्षति पु¥याएलगत्तै सांसद चौधरीले सो सहयोग उपलब्ध गराउनुभएको हो । यही जेठ ७ र ८ गतेको हुरी तथा असिना पानीले नवलपुरका २०० भन्दा धेरै घरका छानो उडाएको थियो भने धेरै घरमा समेत क्षति पु¥याएको छ ।
नवलपुरमा आएको हुरी तथा असिना पानीले आम नागरिकमा पु¥याएको असरबाट आफू मर्माहत भएको सांसद चौधरीले उल्लेख गर्नुभएको छ ।
फाउण्डेशनले देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठलाई जस्तापाता हस्तान्तरण गरेको छ । यसबाहेक पीडितमध्ये पनि आर्थिकरुपमा विपन्न र सर्वाधिक प्रभावित परिवारलाई उच्च प्राथमिकतामा राखेर सहयोग वितरण गर्ने व्यवस्था मिलाइएको फाउण्डेशनले जनाएको छ । सांसद चौधरीले उपलब्ध गराउनुभएको सहयोग करीब रु १० लाख बराबर रहेको जनाइएको छ ।
Categorized in राष्ट्रिय


