STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हास्य अभिनेता राजाराम पौड्यालले शुरु गरे आफ्नै युट्युब च्यानल

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण १२, मंगलबार

हास्य विधामा ख्याति कमाएका अभिनेता राजा राम पौड्याल ले आफ्नै एक युट्युब च्यानलको एक अौपचारिक कार्यक्रमका बीच अौपचारिक आरम्भ गरेका छन् । आफ्नै नाममा खोलेको युट्युब च्यानलमा आफैले निर्माण गरेको छोटो चलचित्र " हिंग" को पनि प्रदर्शन आरम्भ गरेका छन् । अभिनेता पौड्याल स्वयंले लेखेको कथामा निर्माण गरेको यस चलचित्रको निर्देशन आर्यम नकर्मि ले गरेका हुन् । यस छोटो चलचित्रमा राजा राम पौड्याल ,आर्यम नकर्मि र सपना शर्माले अभिनय गरेका छन् ।

युट्युब च्यानल र छोटो चलचित्र प्रदर्शन आरम्भ कार्यक्रममा हास्य विधाका प्रसिद्ध अभिनेता सन्तोष पन्त लगायत हास्य अभिनेताहरु किरण के सि , जितु नेपाल , शिवहरि पौड्यालको विशेष उपस्थिति रहेको थियो । नेपालीका लागि नेपाल अभियानका डा रामप्रसाद उप्रेती , डा सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने को पनि सो कार्यक्रममा विशेष उपस्थिति रहेको थियो । 

कलाकारहरुको सृजनालाई अरु नै व्यक्ति ले अनाधिकृत रुपमा युट्युब मा राखीदिने चलन बढ्दै गएको छ । यस्तो कार्यले कलाकारको सृजना धेरैभन्दा धेरै दर्शक माझ पुग्न सफल त भयो तर यसबाट हुने प्रत्यक्ष आर्थिक लाभबाट सरोकारवाला स्रष्टा कलाकार वन्चित हुनु परिरहेको ले सम्बन्धित कलाकार आफैेले युट्युब खोल्न आवश्यक रहेको कुरा सो कार्यक्रममा उपस्थित अतिथी हरुले राय व्यक्त गरेका थिए ।

Categorized in साहित्य-कला