relans
ni new 83
nib 2082 5

हेरुकाको निर्देशनमा कस्तो हो यो माया

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ आश्विन २०, आइतबार

"हाउडे ” लगायतका केही नेपाली चलचित्रमा अभिनय गरेका अभिनेता इश्वर थापा अहिले विदेशमा बस्दै आएका छन् ।  चलचित्र निर्माता तथा अभिनेता ईश्वर थापाले क्यानडामा रहेर पनि आफ्नो कला, संस्कृति र माटोको माया हुनेले देशको अवस्थाका कारण रोजिरोटीको लागि संसारको जुनसुकै कुनामा रहेपनि व्यस्त जीवनबाट बचेको समयको सदुपयोग गर्नु पर्छ भन्ने उद्देश्य लिएर अगाडि बढिरहेका कलाकार हुन्। 

त्यही उद्देश्य को फलस्वरुप आफ्नो विधागत क्षेत्रमा केही गर्नुपर्छ भन्ने भावना लिएर उनले  ‘कस्तो हो यो माया’ बोलको नेपाली गीतको भिडियो निर्माण गरि आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

 क्यानडाको विभिन्न स्थानको रमणीय दृश्य कैद गरिएको भिडियोमा ईश्वर थापा र फरिता खड्कालाई प्रणय जोडीको रुपमा रोमान्टिक ढंगले प्रस्तुत गरेका छन् निर्देशक हेरुका लामाले । ईश्वर थापाको शब्द, लेखु सहयात्रीको संगीत सिर्जना रहेको गीतमा निशान भट्टराईले स्वर दिएका छन् भने एरेञ्जर पुरुषोत्तम सुवेदीले गरेका हुन् ।

Categorized in सिनेमा
ppp 2