STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति रइसीको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ ७, सोमबार

काठमाडौं - हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ । आइतबार पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्किरहेका बेला उक्त हेलिकोप्टर दुर्घटना भएको थियो । त्यसमा सवार सबैजनाको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

इब्राहिम रइसीले सधैँ कालो पगरी (शिरमा बेरेर लगाइने कपडा) पहिरिए । र, त्यो यसको संकेत हो कि उनी इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदसँग सिधै जोडिएका थिए ।

उनी एक धार्मिक ‘स्कलर’बाट वकिल र इरानको उच्च पदमा पुगे । रइसी इरानको दोस्रो नम्बरका धार्मिक नेता थिए । शिया धर्मगुरुको वरीयताक्रममा उनी अयातोल्लाह खामेनीभन्दा एक तह मुनि मानिन्थे । सन् २०२१ मा उनले इरानको राष्ट्रपति पद सम्हाल्दा देशमा थुप्रै चुनौती थिए ।

एकातर्फ देशको सामाजिक अवस्था मुस्किल थियो, अर्कोतर्फ आफ्नो परमाणु कार्यक्रमका कारण इरानले अमेरिकाको प्रतिबन्ध झेलिरहेको थियो । यसैले इरानले गम्भीर आर्थिक संकटको सामना गरिरहेको थियो ।

चुनाव प्रचारको समयमा रइसीले देशमा व्याप्त भ्रष्टाचार र आर्थिक संकटलाई सम्बोधन गर्न आफू सबैभन्दा योग्य उमेदवार भएको बताएका थिए । यसका निम्ति केही गर्न नपाउँदै हिजाबका विषयमा गरिएका प्रदर्शनले उनीसामु चुनौती खडा गरेको थियो । इजरायलमाथि हमासको आक्रमण र त्यसपछि इजरायलको सैन्य प्रतिक्रियाले इरानलाई झन् अप्ठ्यारो अवस्थामा पुर्‍याएको थियो । यसक्रममा इजरायलप्रति कडा रबैया अपनाउँदै उनले शिया बहुल इरान अब मुस्लिम दुनियाँको नेतृत्व गर्न तयार छ भन्ने संकेत समेत दिन खोजे ।

Categorized in अन्तर्राष्ट्रिय