STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

होलीमा भन्दा हिले जात्रा यौनत्तैजक

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २१, मंगलबार

गाउँ घरमा कामको साथै मनोरञ्जन हुने गरी रोपाई गर्ने प्रथा नै रोपाई जात्रा हो, जसलाई हिले जात्रा पनि भनिन्छ । यो पनि होलीकै एक रुप मान्न सकिन्छ । सो रोपाई जात्रामा बेठी लगाउने पनि गरिन्छ । बेठी भनेको नौमती बाजाको सुर र तालमा गीत गाउँदै नाच्दै धान रोप्ने चलन हो । घुँडामाथि साडी सुर्केर (हिजोआज हाफ पाइण्ट नै लगाएर) धान राप्ने तरुणी रोपाहारहरु कोही त्यही नौमतीको सुर र तालमा गाउँदै नाच्दै रोपाई गर्ने गर्दछन् भने कोही तरुणी रोपाहार र हिलो सम्म्याउने तन्नेरी बाउसेहरु एक आपसमा हिलो छ्याछ्याप गर्दै र हिलोमा पछारपछार गर्ने गर्दछन् । त्यसो गर्दा तरुणी रोपाहार हिलोमा गाडिएमा उसलाई तन्नेरी बाउसेले नानीलाई जस्तो गरी दुई हातले समाएर काखम बोकेर बाहिर निकाल्नु पर्छ । अतः होलीमा भन्दा यो रोपाई (हिले) जात्रा यौनत्तैजक हुने हुन्छ । विवाह केही विवाहहरु यौन पुरषार्थमा आधारित पनि छन् । केटाको यौन पुरषार्थ हेरी केटी दिने चलन छ, जसका केही यसता छन् हिले विवाह भारतको गोण्डो जातिमा विवाह हुने अघिल्लो दिन केटा केटी दुवै नदी वा तालमा जान्छन् । त्यहाँ केटा केटी एक आपसमा हिलो छ्याछ्याप गर्दछन् र त्यहि हिलोले केटाले केटीलाई नुहाइदिएपछि उनीहरुको विहे पक्का हुन्छ । घरज्वाँई विहे भारतको दक्षिणी भागका कोरक नामको जातिमा विहे गर्ने केटीले मन पराएको केटासंग केटीकै घरमा एक वर्षसम्म सगैं राछिन्छ । त्यस अवधिमा केटी गर्भवती भइ भने मात्र त्यो केटासंग विहे गरिन्छ । अन्यथा केटालाई नपुंसक ठानी विवाहको लागि अयोग्य मानेर घर निकाला नै गरिन्छ । ( स्रोतः प्राचीन धर्म संस्कार आधुनिक श्रृङगार, लेखक टंक केसी )
Categorized in राष्ट्रिय