STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

होली कार्यक्रममा धिरज राइले तताए बौद्ध जोरपाटी

Janjati Khabar – विजयरत्न असंबरे | २०८० चैत्र १३, मंगलबार

सौन्दर्य कला क्षेत्रमा ख्यातिप्राप्त जुम ब्यूटी एकेडेमीले काठमाडौँको बौद्धमा होलीको पावन अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौँस्थित बौद्ध हेरिटेजमा आयोजित एकेडेमीको होली कार्यक्रममा सु–प्रशिद्ध गायक धिरज राइले सांगीतिक प्रस्तुति दिएका थिए । 

एकेडेमीकी ब्राण्ड एम्बेस्टर नायिका केकी अधिकारीको उपस्थितीमा भएको सो कार्यक्रममा नेपाली माइकल ज्याक्सनको उपनामले परिचित गायक राइले सांगीतिक प्रस्तुती दिँदा होलीको रंगमा रंगिएका युवा युवतीहरु जुरुक् जुरुक भएका थिए । 

जाँदै छु टाढा, सोल ढोले सोल, लुकी लुकी, जाउ जाउ समाउ, हिमाल नझुकेसम्म जस्ता गीतहरु बजारमा ल्याएर सर्बाधिक हिट भएका कायक राइ पछिल्लो समय भने बुद्ध वाज बर्न इन नेपाल अभियान चलाउँदै विश्व यात्रामा छन् । 

कार्यक्रममा नायिका अधिकारीले पनि आफ्नो प्रस्तुती दिएकी थिइन् भने जुम ब्यूटी एकेडेमीका निर्देशक कृशप त्वायनाबासु र संस्थापक जुनु चक्रधरले कार्यक्रममा सहभागी सबैलाई विशेष धन्यवाद दिँदै गायक राई र ब्राण्ड एम्बेस्डर अधिकारीलाई मायाको चिनो प्रदान गरेका थिए ।

Categorized in राष्ट्रिय