STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ह्यान्डबललाई साढे सात लाख सहयोग

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १८, बिहिबार

काठमाडौँ – नेपालका ह्यान्डबलका खेलाडी तथा प्रशक्षिकको सहयोगका लागि नेपाल ह्यान्डबल सङ्घलाई एसियाली ह्यान्डबल महासङ्घले रु सात लाख ६५ हजार राहत सहयोग गरेको छ । नेपालमा कोरोना भाइरसका कारण प्रभावित भएका ह्यान्डबलका खेलाडी र प्रशिक्षकलाई राहत पाइयोस् भन्ने उद्देश्यले एसियाली ह्यान्डबल महासङ्घले उक्त सहयोग प्रदान गरेको हो । सो रकमले ह्यान्डबलका खेलाडी, पूर्वखेलाडी, प्रशिक्षक र रेफ्रीको कोरोना बीमा गरिने नेपाल ह्यान्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो । कोरोना बीमा गर्न सङ्घले सबैको सूची तयार गर्ने काम गरिरहेको उहाँको भनाइ छ । कोरोनाबाट बढी प्रभावितलाई बीमामा प्राथमिकता दिइने सङ्घले जनाएको छ । यसअघि सङ्घले झण्डै २०० खेलाडी लगायतको कोरोना बीमाको तयारी थालेको थियो ।
Categorized in खेलकुद