STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

१४ सय ९७ जनामा संक्रमण पुष्टि, एकैदिन १७ जनाको कोरोनाले मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ८, बिहिबार

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकैदिन १७ जनाकाे कोरोनाकाे कारण मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा १७ जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५३ पुगेको छ। 
आज काठमाडौं उपत्यकामा थप ७५५ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा १५ हजार ७ सय ७४, ललितपुरमा १ हजार ८ सय २६ र भक्तपुरमा १ हजार ७ सय ३९ संक्रमित पुगेका छन्।
२४ घण्टामा ४ सय ५७ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ५० हजार ४११ पुगेको छ। मन्त्रालयका अनुसार यो डिस्चार्ज हुनेको यो संख्या ७२ दशमलव ७ प्रतिशत हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको थियो । अहिलेसम्म नेपालमा पीसीआर परीक्षणको संख्या ९ लाख ५५ हजार ९२३ पुगेको छ । मन्त्रालयका अनुसार अहिले मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन भक्तपुर र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा संक्रमण शून्यमा झरेको छ ।
Categorized in राष्ट्रिय