STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

१७ वर्षीया बालिकाकाे बलात्कार पछि हत्या, सिबिआईले अनुसन्धान थाल्याे

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २५, आइतबार

धनगढी - बैतडीको दोगडा केदार गाउँपालिका–७ मा पर्ने लवलेक सामुदायीक वनमा विद्यालयबाट फर्किने बेला १७ वर्षीया किशोरी भागरथी भट्टको बुधबार बलात्कारपछि हत्या भएको थियो । 

विद्यालयबाट बुधबार घर नआएपछि आफन्तले खोजी गर्दा घरभन्दा २ किलोमिटरको दूरीमा रहेको लवलेक सामुदायीक वनमा उनको शव फेला परेको थियो ।

बालिका बलात्कार गरी हत्या भएको स्थानमा एसएसपी जनकराज पाण्डेसहित सिआईबीको अनुसन्धान टोली पुगेको छ । शनिबार बिहान एसएसपी पाण्डे र डीएसपी नेतृत्वको सीआईबीको टोली घटनास्थल पुगेको हो । 

जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपीको टोलीले शुक्रबार घटनास्थल मुचुल्का तयार पारे पनि प्रदेश प्रहरीबाट एसएसपी जनकराज पाण्डे नेतृत्वको टिम घटनाको अनुसन्धानका खटेको हो ।

शनिबार घटनास्थलमा तालिम प्राप्त कुकुरसहित पुरै वनमा टोलीले सर्च गरेको थियाे ।

डीएसपी नेतृत्वको सीआईबीको टोलीले बलात्कारपछि हत्या घटनाको टेक्निकल पाटो केलाई रहेको छ । धनगढीबाट लगिएका तालिमप्राप्त कुकुरले युवतीको शवभन्दा केही पर उसको ब्याट्री झिकेको पत्ता लगाएको छ । 

मोबाइलको सम्पर्क, एसएमएस, म्यासेन्जरसहितका विविध पाटाकाे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Categorized in अपराध-दुर्घटना