STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

१८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ १५, मंगलबार

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० खर्ब ३० करोड बजेट ल्याएको छ। 

मंगलबार संघीय संसद्को दुवै सदनको बैठकमा बजेत वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष भन्दा ६ दशमलव २ प्रतिशत बढी बजेट ल्याएको बताए। 

त्यस्तै चालुगत खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात कुल विनियोजनको ६१ दशमलव ३१ प्रतिशत रहेको उनले बताए। त्यसैगरी पुँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात कुल विनियोजनको १८ दशमलव ९४ प्रतिशत छुट्टयाइएको बताए। 

अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षमा कुल विनियोजनको १९ दशमलव ७४ प्रतिशत वित्तीय व्यवस्थापनका लागि छुट्याइएको बताए। वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड बजेट छुट्टयाइएको छ।  

त्यस्तै आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट ल्याइएको अर्थमन्त्री पुनले बताए। 

Categorized in बिजनेस