STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

१ अर्ब २ करोड बराबरको सेतो हेरोइनसहित सातजना महिला पक्राउ

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २, बिहिबार

काठमाडौं - नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित सातजना महिलालाई पक्राउ गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै गत जेठ २६ देखि ३१ गते एक साताको अवधिमा ५१ किलो सेतो हेरोइनसहित ७ जना अफ्रिकन नागरिक पक्राउ गरेको हो ।

पत्रकार सम्मेलनमा लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय प्रमुख जीवन कुमार श्रेष्ठले नेपाललाई ट्रान्जिट बनाएर भारतलगायतका देशमा कारोबार गर्ने उदेश्यले नेपालको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी लागूऔषध कारोबार गर्नेहरुलाई पक्राउ गरेको बताए ।

उनले विगतमा पनि लागू औषध कारोबारीहरु पक्राउ गरिएको आधारमा निगरानी राख्दै जाँदा ५१ केजी हेरोइन फेला परेको बताए । उनले बरामत गरिएको ५१ केजी हेरोइन अहिलको बजार मूल्य अनुसार एक अर्ब दुई करोड रुपैयाँ बराबार हुन आउने स्पष्ट पारे । प्रमुख श्रेष्ठले पक्राउ परेका सातै जना दक्षिण अफ्रिकाका महिला नागरिक रहेको बताए ।

उनका अनुसार उनीहरू विभिन्न मितिमा फ्लाई दुबईको विमानबाट नेपाल आएको खुलेको छ । प्रमुख श्रेष्ठले प्रहरीले सो गिरोह नियन्त्रणमा लिन त्रिभूवन विमानस्थल र ठमेल क्षेत्रमा सक्रियता बढाएर सात दिन भित्रमा नियन्त्रणमा लिएको बताए ।

उनले भने, ‘हामीले विगत लामो समयदेखि विशिष्टिकृत भएर काम–कारबाही गरेको अवस्था छ । नेपाललाई ट्रान्जिट बनाएर अन्य देशमाकारोबार गर्ने उदेश्यले नेपालको त्रिभूवन विमानस्थल प्रयोग गरी लागूऔषध कारोबार गरिरहेको विगतमा पनि पक्राउ गरिएको आधारमा निगरानी राख्दै जाने क्रममा जेठ ३० गतेदेखि आजसम्म गरेर ७ जना पक्राउ गरेर ५१ केजी हेरोइन बरामत गरेका छौं । यो कारबाहीको क्रममा अहिलेसम्मकै ठूलो परिणामको लागूऔषध र संसारकै महँगो लागूऔषधमा गनिन्छ ।’

उनले थपे, ‘५१ केजीसहित ७ जना महिला पक्राउ परेका छन् । ५१ केजी हेरोइनको १ अर्ब २ करोड नेपाली रुपैयाँ बराबरको हुन आउँछ । गत जेठ २९ गतेल शुरुमा दक्षिण अफ्रिका, दुबई हुँदै नेपाल आइपुगेका दुईजना अफ्रिकन नागरिक मुरिल नसाम्बा र थान डेकीले सिबिसीलाई ३० गते ठमेलको एक होटलबाट पक्राउ गरेका थियौं । दुईजनासँग ८/८ केजी हेरोइन भेटियो । त्यस्तै ३० गते नै ठमेलको एक होटलबाट खोजतलासी गर्दा अर्का एकजना थभोनी थाबालालालाई पक्राउ गरेका थियौँ । सम्भवत् अहिलेसम्मकै ठूलो अप्रेशन चलाएको हो । गत जेठ २९ मा ब्यूरोले १६ केजी लागु औषधसहित २ जना दक्षिण अफ्रिकाका नागरिकलाई पक्राउ गरेको थियो ।’

आइतबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएका मुरिल नसाम्बा र थान डेकीलेको बयानका आधारमा थप ८ किलो कोकिनसँगै दक्षिण अफ्रिकन महिला थभोनी थाबालाला पक्राउ गरिएको प्रमुख श्रेष्ठले बताए । पक्राउ परेकाहरुमध्ये दुईजना नेपाल आउजाउ गरिरहने गरेको र ५ जना पहिलो पटक नेपाल आएको अनुसन्धानबाट पत्ता लागेको बताए ।

Categorized in अपराध-दुर्घटना