relans
ni new 83
nib 2082 5

१ करोड रुपैयाँ धरौटी बुझाएर छुटे रवि

Janjati Khabar – Janjati Khabar | २०८१ माघ १३, आइतबार

सुप्रिम सहकारी ठगी प्रकरणका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतले मागेको एक करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।

उनले धरौटीको सबै प्रक्रिया सकेर अदालतबाट बाहिरिँदा रातको सवा ८ बजिसकेको थियो। उनी गाडीबाट बाहिरिने क्रममा समर्थकले स्वागत गरेका थिए। रविले गाडीको झ्यालबाटै सबैलाई धन्यवाद र अभिवादन भनेका थिए।

जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले रविलाई १ करोड रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको थियो। त्यसलगत्तै रविले उक्त रकमको व्यवस्थापन गरी बैंक ग्यारेन्टी बुझाएका हुन्। 

आदेशमा भनिएको छ, ‘मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई यी प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रु. १ करोड नगद धरौटी, जेथाजमानत वा सर्तसहित बैंक ग्यारेन्टी दिएमा लिई तारेखमा राख्नू, सो बुझाउन नसके कानुनबमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न स्थानीय कारागार पठाउनू।’

Categorized in राजनीति
ppp 2