relans
ni new 83
nib 2082 5

३५ दिन भित्र आफैं हट्न सुकुमबासीलाई चेतावनी

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर १४, बुधबार

काठमाडौं - काठमाडौं उपत्यका विकास प्राधिकरणले खोलालगायतका जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ।

३५ दिनभित्र त्यस्ता संरचना नहटाए प्राधिकरण आफैँले हटाइदिने आज गोरखापत्रमा प्राधिकरणले निकालेको सूचनामा उल्लेख छ।

काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी बनाइएका अनधिकृत संरचनालाई हटाउन प्राधिकरणले भनेको हो।

प्राधिकरणले अनधिकृत संरचना ३५ दिनभित्र नहटाए हटाउँदा लागेको लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी दिएको छ।

Categorized in उपत्यका
ppp 2