STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

६८ यात्रु सवार यति एयरलाइन्सकाे विमान पाेखरामा दुर्घटना, ३२ जनाकाे शव निकालियाे

Janjati Khabar – Janjati Khabar | २०७९ माघ १, आइतबार

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो ।विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए ।६८ यात्रुमध्ये ३/३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् ।

उनका अनुसार अवतरण गर्ने क्रममा पुरानो र नयाँ विमानस्थलको बीचमा ९ एन–एएनसी एटीआर–७२ विमान सेती नदी किनारमा दुर्घटना भएको हो । कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती नदीको खोँचमा विमान दुर्घटना भएको जानकारी दिए ।

विमानमा विमानस्थल तथा महानगरपालिकाको दमकलले आगो निभाउन प्रयास गरिरहेको छन् ।अहिलेसम्म कति व्यक्ति हताहति भए भन्ने खुलेको छैन । दुर्घटनामा परेको यही विमान २२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो ।

Categorized in अपराध-दुर्घटना