relans
ni new 83
nib 2082 5

९५ वटा म्युजिक भिडियाेले प्रमाणपत्र प्रदान गरिने

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ माघ ३, बिहिबार

नेपालकाे चलचित्र कला तथा मनोरञ्जन क्षेत्रमा क्रियाशिल स्वतन्त्र संसार महर्जन अध्यक्ष तथा महाप्रवन्धक रहेको   संसार क्रियसन नेपालको आयोजनामा तेश्रो संसार नेशनल स्टार म्यूजिक भिडियो अवार्ड २०२५ प्रतियोगिता छिट्टै हुन गैरहेकाे छ । 

यसमा आधिकारीक रूपमा नेपालभाषाका ९५ वटा म्युजिक भिडियोले सहभागिता जनाएकाे छ। सहभागी ९५ वटा म्युजिक भिडियोहरूलाई प्रारम्भिक दर्ता प्रमाणपत्र    एउटा कार्यक्रमको अायोजना गरी प्रदान गरिने भएकाे छ। 

यही माघ १० गते विहीवार विहान कीर्तिपुर स्थित सिनेप्लेक्स हलमा विशेष कार्यक्रम गरेर प्रमाणपत्र दिइने कुराको जानकारी आयोजक स्वतन्त्र संसार महर्जनं ले जानकारी दिनु भएकाे छ। सो कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर  चिरिबाबु महर्जनको प्रमुख आतिथीको रुपमा उपस्थित हुनु हुनेपनि आयाेजकले जनाएको छ।

Categorized in साहित्य-कला
ppp 2