STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

​विप्लवसहितको मोर्चाले नेपालस्थित एमसीसीको कार्यालय घेर्याे

Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर २८, मंगलबार

२७ मंसिर, काठमाडौं - नेत्र विक्रमचन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरुले एमसीसीको नेपालस्थित कार्यालय (एमसीए) को कार्यालय घेराउ गरेका छन् ।

सोमबार एमसीए, नेपालको कार्यालय दरबारमार्गमा नेत्र विक्रमचन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरुले कार्यालय घेराउ गरेका हुन् ।

एमसीसी जनतामाथि तेस्र्याइएको तरबार हो

घेराउपछि आयोजित कोणसभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेस्र्याइएको तरबार भएको बताए । उनले एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको भन्दै सो सम्झौंता खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए । नेता गजुरेलले एमसीसीको विरोधमा भोलि (मंगलबार) संसद भवन घेराउ गर्ने घोषणा पनि गरे ।

नेता गजुरेलले भने, ‘एमसीसी भनेको एउटा यस्तो धारिलो तरवार हो । जो नेपाली जनताको टाउकोमा तेस्र्याइरहेको छ । हामी वारीपारी भएर हिँडिरहेका छौँ । तरवार हल्लिरहेको छ । अलिकति सावधानी भएन भने गर्धन काटिन्छ । त्यसकारण एमसीसी संसोधन होइन खारेज गरिनुपर्छ ।

एक, दुई, तीन खारेज हुनुपर्छ । खारेज नहुँदासम्म हाम्रो संघर्ष जारी रहनेछ । यो खारेजको माग गरिररहँदा एउटा राम्रो पक्ष के भएको छ भने एमसीसीलाई लिएर नेपाली जनतामा ध्रुवीकरण भएको छ । अहिले एमसीसी खारेज गर्न सबै नेपाली जनता चाहन्छन् ।’

कार्यक्रममा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले नेपालका लागि एमसीसी खतरनाक भएकोले खोरज हुनुपर्ने बताए । उनले भारतमा बजार बिस्तार र चीनलाई भाँड्नका लागि अमेरिकाले नेपालमा एमसीसी ल्याएको आरोप समेत लगाए ।

उनले एमसीसी पास भएमा नेपाली सेना, पुलिस, कर्मचारीहरु एक अमेरिकी अधिकारीको इसारामा चल्नुपर्ने बाध्यता सिर्जना हुने दावी समेत गरे । नेता बास्तोलाले अमेरिकाको गुलाम भएर नबस्नका लागि जनता सडकमा उर्लिनु पर्ने बेला भएको पनि बताए ।

नेता बास्तोलाले भने, ‘एमसीसी इण्डोप्यासिफिक स्टाटिची भित्र सञ्चालन हुने संगठनको रुपमा चलेको छ । यो भनेको नेपाल, भारत, चीन, उत्तर एशियाका देशहरु, उत्तर पूर्व एशियाका देशहरु, दक्षिण पूर्व एशियाका देशहरु, मध्यपूर्वका एशियाली देशहरुमा अधिकार गर्नका लागि बनाइएको संगठन हो ।

जति एमसीसीमा पैसा उठ्छ त्यो इण्डोप्यासिफिकमा भएर आउँछ । एमसीसी भनेको अमेरिकाको सैन्य रणनीति हो । यो सैन्य संगठन हो । यदी एमसीसी आए नेपालको सेना, प्रहरी, कर्मचारी अमेरिकी एक अधिकारीको निर्देशनमा चल्नुपर्छ । संवेदनशील राजनीतिक अवस्थामा नेपाल छ ।

भारतमा बजार बिस्थापित गर्न र चीनलाई टुक्राउन एमसीसी आउन लागेको हो । तर यसले नेपाललाई झनै नराम्रो गर्दछ । यदी यो पास भए हामी अमेरिकाको गुलाम भएर बस्नुपर्ने स्थिती छ । नेपालका सारा प्राकृतिक सम्पदाहरु अमेरिकाको हातमा हुनेछन् । अमेरिकी एमसीसी नेपालको लागि खतरनाक अवस्थामा रहेको छ ।’

नेता बास्तोलाले नेपाली जनतालाई कंगाल बनाउन, नेपाललाई लुट्नको निम्ति एमसीसी आइरहेकोले यसलाई खारेज गर्नुपर्ने बताए ।

Categorized in राजनीति