STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘कबड्डी ४’विरूद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ३१, मंगलबार

काठमाडौं - विभिन्न हलहरुमा प्रदर्शन भइरहेको ‘कबड्डी ४’ चलचित्र रोकेर काँटछाँट तथा हेरफेर गर्न भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ ।

काठमाडौं महानगर– १५ मा बस्ने ३९ वर्षीय रोविनकुमार लामाले सोमबार चलचित्र जाँच समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयविरुद्ध ‘कबड्डी ४’ चलचित्रको प्रदर्शन रोकेर काँटछाँट तथा हेरफेर गर्न उजुरी दर्ता गरेका हुन् ।

उजुरीमा भनिएको छ, ‘ ‘कबडडी ४ चलचित्रको मूल कथावस्तु र प्रस्तुतिका दृश्यहरु बौद्ध धर्मावलम्बी लामा भिक्षु वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मानमर्यादामा गम्भीर हानी नोक्सानी पु¥याई अपहेलित गर्ने साथै सामाजिक सुसम्बन्धमा विरोध पर्ने प्रकृतिको रही सार्वजनिक हित सदाचार वा नैतिकताको प्रतिकूल असर पर्ने विषय समावेश हुँदाहुदै चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ को उपधारा ४ बमोजिम हटाउन लगाई काँटछाँट वा हेरफेर गर्ने आदेश जारी गरी पाऊँ ।’

रामबाबु गुरुङ निर्देशित चलचत्रिको कथावस्तु तथा प्रस्तुतीले बौद्ध धर्मालम्बी लामा (भिक्षु), वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मानमर्यादामा गम्भीर असर पुर्याइएको उजुरी पत्रमा भनिएको छ ।

 

 
Categorized in सिनेमा