STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी र विजुलाई

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ५, आइतबार

काठमाडौं - रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् ।

शनिबार भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधि हात पारेका हुन् ।

उपाधिसँगै उनीहरुले २० लाख पुरस्कारका साथै विभिन्न गिफ्ट ह्याम्पर समेत पाएका छन् । विजेतालाई हिमालय टिभीका प्रमुख धर्मराज भुसालले ट्रफी प्रदान गरेका थिए ।

फस्ट रनरअपको उपाधि वुद्ध लामा र केविका गुरुङले प्राप्त गरेका छन्, भने सेकेन्ड रनरअप प्रियना आचार्य र सुभम् भुजेल बनेका छन् । उनीहरुले पनि विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

हिमालय टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार यो शो प्रशारण हुँदै आएको थियो ।

शोमा निर्णायकको रुपमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई रहेका थिए ।

शोमा १२ जना स्टार प्रतिस्पर्धीहरुको सहभागीता थियो ।

१२ जना स्टार प्रतिस्पर्धी र उनीहरुको कोरियोग्राफर पार्टनरको डान्स प्रस्तुती दर्शकले हरेक हप्ता टेलिभिजनमा हेर्दै आएका थिए ।

Categorized in साहित्य-कला