STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘तातोपानी नाका पुनः खोलेकोमा धन्यवाद’  परराष्ट्रमन्त्री ज्ञवाली

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १९, बिहिबार

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले चीनसँग ‘बिआरआइ’, पारवहन तथा यातायातका सहमति वा नयाँ नाकाका कुनै पनि विषयमा परियोजना अगाडि बढाउन तिब्बत स्वायत्त क्षेत्र भएरै काम गर्नुपर्ने भएकाले यस क्षेत्रको भूमिका निकै महत्वपूर्ण भएको बताउनुभएको छ । 
ल्हासाको भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार ल्हासाका नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले यस क्षेत्रको भ्रमणमा आएका प्रतिनिधिमण्डलको सम्मानमा यहाँ आयोजना गर्नुभएको रात्रिभोजमा मे महीनादेखि लागू हुने गरी तातोपानी नाका खोलेकामा धन्यवाद दिनुभयो । 
उहाँले दृढ मनसाय भएमा जस्तोसुकै स्थानमा पनि विकास र प्रगति गर्न सकिन्छ भन्ने प्रमाण तिब्बतले दिएको बताउँदै तिब्बतले पूर्वाधार, पर्यावरण, प्रविधि तथा जनताको जीवनस्तर उकास्न प्राप्त गरेको सफलताप्रति बधाई व्यक्त गर्नुभयो । 
चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वशासित क्षेत्र समितिका उपसचिव तथा तिब्बत स्वशासित क्षेत्रका सरकारका अध्यक्ष छी झालाले राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच भएको सहमति तथा समझदारीलाई कार्यान्वयन गरिने जानकारी दिनुभयो । 
उक्त अवसरमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुनुहुन्थ्यो ।  
Categorized in राष्ट्रिय