STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘निर्मलाका हत्यारा पक्राउ गर्न नसक्नु दुःखद’

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ९, बिहिबार

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसक्नु दुःखद् भएको बताएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी बलात्कारपछि निर्मला पन्तको हत्या गरिएको एक वर्ष पूरा हुँदासम्म पनि दोषीको पहिचान गर्न नसक्नु सरकारको असफलता भएको आरोप लगाउनुभयो । उहाँले निर्मलाका हत्यारालाई सरकारले सक्दो चाँडो कानूनी कठघरामा ल्याउनुपर्ने बताउनुभयो । सरकारले एक वर्षको बीचमा हत्यारा खोज्नुभन्दा पनि गैरजिम्मेवार अभिव्यक्ति दिनु, जनप्रदर्शनमा बालक मारिनु, प्रहरीलाई बदनाम गराउन खोज्नु गलत क्रियाकलाप भएको भन्दै अपराधीलाई खोजेर कडा कारवाही गर्न गम्भीर बहसको खाँचो रहेको प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Categorized in अपराध-दुर्घटना