‘नेपालको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर’
Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २६, बिहिबार
उहाँले भारत र नेपालबीचको सम्बन्ध अतुलनीय रहेको तथा शताब्दीऔँ पुरानो आपसी मैत्री भविष्यमा अझ सुमधुर एवं सुदृढ हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । “देवभूमि नेपाल भारतीयहरूका निम्ति अति सम्मानीय छ, प्रकृतिको वरदानप्राप्त अति सुन्दर राष्ट्र नेपाल जलस्रोत र पर्यटनका माध्यमबाट विकासको पथमा लम्किन सक्षम छ”, उहाँले भन्नुभयो ।[/caption]
आफ्नो कार्यकालमा अरुण तेस्रो र मााथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणसम्बन्धी दुई राष्ट्रबीच भएको सहमति, भूकम्पपछिको पुनःनिर्माण, एकीकृत जाँच चौकी, हुलाकी राजमार्गलगायत भारत–नेपाल सहयोग र साझेदारी पारस्परिक मैत्रीका प्रतीक भएको बताउनुभयो । अरुण तेस्रो र मााथिल्लो कर्णाली जलविद्युत् आयोजनाले नेपालको सामाजिक–आर्थिक परिदृश्यमा अकल्पनीय परिवर्तन ल्याउने र नेपाललाई समृद्ध देशका रुपमा विश्वमा स्थापित गर्ने उहाँले बताउनुभयो ।
सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै सचिव वैरागीले राजदूत पुरीको कार्यकालमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ हासिल गरेको भन्दै त्यस निम्ति उहाँले निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो । समारोहमा नेपालस्थित अधिकांश देशका राजदूत तथा कार्यबाहक राजदूतहरूको उपस्थिति थियो ।
Categorized in राष्ट्रिय


