STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा’

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २२, शनिबार

काठमाडाैं – सुदूरपश्चिममा आज थप तीनजना नेपालीमा कोरोना संक्रमण देखिएको र यसमा पनि एकजना स्थानीयमा अर्को व्यक्तिबाट संक्रमण सरेको पाइएकोले सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बताएको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमणको जानकारी दिँदै नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको जनाएको छ । सम्मेलनमा प्रवक्ताले जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको पछिल्लो परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि गरेका छन् । ४१ र २१ वर्षका पुरुषहरु भारतबाट आएका हुन् भने ३४ वर्षीया महिला कैलालीस्थित घरमै रहेकी थिइन् । उनीहरुलाई आ–आफ्ना जिल्लाको क्वारेन्टाइनमा बसेको बेला नमूना लिएर परीक्षण गर्दा तीनैजनामा संक्रमण पोजेटिभ पाइएको हो । उनीहरु सबैको अहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ । देवकोटाले उपत्यकामा १५ जना र उपत्यकाबाहिर ५४ जना गरी ६९ जना आइसोलेसनमा रहेको पनि जानकारी दिएका छन् ।
Categorized in राष्ट्रिय