‘बुटवल र पाटन अस्पतालमा मर्ने कोरोना संक्रमित होइनन्’
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १८, मंगलबार
काठमाडौं– कोरोना भाइरस संक्रमितको आशंका गरिएका बुटवलस्थित कोरोना अस्पताल र पाटन अस्पतालमा मृत्यु भएकाहरुमा भाइरस संक्रमण नरहेको जनाइएको छ ।
बुटवलको अस्पतालमा आइतबार मृत्यु भएका ३४ वर्षीय युवामा कोरोना संक्रमण नभएको नमूना परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, सोमबार पाटन अस्पतालमा मृत्यु भएका एक व्यक्ति कोरोनाका नभएर मिर्गौलाका बिरामी रहेको अस्पतालले जनाएको छ ।
मृत्यु हुने यी दुवैमा कोरोना संक्रमणको आशंका गरिएको थियो ।
यसैबीच, वीर अस्पतालमा आइतबार मृत्यु हुने दुईजनाको नमुना परीक्षणको लागि पठाइएको तर रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।
Categorized in राष्ट्रिय