STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘मंसीर १६ को स्थानीय तह उपनिर्वाचनमा हरेक दृष्टिकोणले कीर्तिपुरको नेतृत्व गर्न म सक्षम छु’ : युवा समाजसेवी राजकमल महर्जन

Janjati Khabar – Lalendra Shakya | २०८१ कार्तिक ७, बुधबार

कीर्तिपुर/आउँदो मंसीर १६ गते हुनलागेको स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा नेकपा एमालेबाट आकांक्षी मेयर उम्मेदवार युवा समाजसेवी राजकमल महर्जनले युवाहरुमा परिवर्तनको शक्ति भएको धारणा राख्नु भएको छ । युवा समाजसेवी महर्जन भन्नु हुन्छ, ‘आजको युगमा सबैले थाहा भएकै कुरो हो कि हामी पिढीँको भविष्य हौं । संसारमा विभिन्न मुद्दाहरु, जस्तो कि जलवायु परिवर्तन, लैंगिक समानता, आर्थिक विषमता एवं सामाजिक न्याय जस्ता चुनौतीहरुमा हाम्रो बुलन्द आवाज एवं सहभागिता अत्यन्तै महत्वपूर्ण छ ।’

हाम्रो सोँच, कार्य एवं दृष्टिकोणबाट समाजमा विशाल परिवर्तन ल्याउन सक्छ । हामीलाई विश्वास छ कि टाढाको दृष्टिवाला सोँच एवं साहसिक कदमबाट मात्र हैन, परामर्शका साथ सहकार्य एवं समर्पणबाट पनि नयाँ कदम यात्रा गर्न सकिन्छ भन्ने विचार युवा समाजसेवी राज कमल महर्जन राख्नु हुन्छ ।

कीर्तिपुर नगरपालिकाका एमालेबाट आकांक्षी मेयर उम्मेदवार युवा समाजसेवी राजकमल महर्जन भन्नु हुन्छ, ‘युवाहरुले परिवर्तनको शक्ति प्रष्फुटन गर्छन् । युवाहरुले शिक्षा, प्रविधि एवं सिर्जनशीलताको सदुपयोग गरी समस्याका समाधान गर्न एवं नयाँ सम्भावना सिर्जना गर्न सक्छन् । यदि युवा शक्ति एकआपसमा एकत्रित भई कार्य गरेको खण्डमा, जस्तोसुकै चुनौतीसंग पनि समना गर्न सक्षम हुन्छन् ।’

जनसमुदायलाई सदा सर्वदा सकारात्मक हुन अनुरोध गर्दै एवं आफ्ना सपनाहरु साकार गर्न प्रयासरत हुन पनि अनुरोध गर्नुहुन्छ महर्जन । यस्तै भविष्य जनसमुदायकै हातमा भएको विचार राख्नु हुँदै युवा समाजसेवी महर्जन भन्नु हुन्छ, ‘आजको कार्यले भोलिको संसारलाई कुन अवस्थामा निर्माण गर्दछ, विचार गर्नुहोस् । हाम्रो धैर्य, संघर्ष एवं प्रयासबाट नै हाम्रो भविष्य अवश्य निर्धारित गरिन्छ । आजको अमूल्य दिनलाई प्रेरणा एवं संकल्पको दिनको रुपमा लिऔं र हाम्रो सामूहिक जिम्मेवारीलाई मनन गर्दै एक नौलो परिवर्तनको सुरुवात गरौं ।’

आउँदो २०८१ मंसीर १६ को स्थानीय तह उपनिर्वाचनमा हरेक दृष्टिकोणले कीर्तिपुरको नेतृत्व गर्न आफू सक्षम  रहेको र अघि बढ्छु भन्ने प्रणका साथ अगाडि आइरहनु भएका राज कमल महर्जन भन्नु हुन्छ, ‘राजनीति सुशासनका लागि हुनुपर्दछ, सुशासनले मात्र समृद्धि ल्याउन सक्छ । आज युवाहरु विदेश पलायन भईरहेको अवस्थामा देशमै केही गर्छु भनी आफू बसेको छु । देशको विद्यमान राजनीतिले सबै निराश छन् तर राजनीतिमा युवाहरुको सहभागिताले सम्भावना देखेको छु । राजनीति संग्लिन्छ, सक्रियता जरुरी छ । युवाहरुको सोँच, जोश र भावनालाई पार्टी नेतृत्वले मनन गरे, देशमा सम्भावना देखाउन सके अवश्य पनि युवाहरु स्वदेश फर्कन्छन् ।’

कीर्तिपुर नगरपालिकामा मेयर राजकुमार नकर्मीको अकल्पनीय निधन पश्चात् अब आउने मंसीर १६ गते हुन लागेको स्थानीय तहको उप निर्वाचनमा कीर्तिपुर नगरमा पनि मेयर पदको निम्ति उपनिर्वाचन हुन लागेको छ ।

उक्त उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा नेकपा एमालेबाट कीर्तिपुर नगरका पूर्व मेयर रमेश महर्जन, कीर्तिपुर नगरकै पूर्व मेयर उम्मेदवार केशरत्न बज्राचार्य, पूर्व उपमेयर उम्मेदवार विन्दु महर्जनका साथै युवा समाजसेवी राजकमल महर्जनको नाम आकांक्षी मेयर उम्मेदवारको रुपमा चर्चा परिचर्चामा तरंगित भइरहेका छन् । विशेष स्रोतका अनुसार नेकपा एमाले केन्द्रबाट मेयर उम्मेदवार चयनमा यो भन्दा पहिलेको निर्वाचनमा जस्तै कीर्तिपुर नगरपालिकामा अब हुन लागेको उपनिर्वाचनमा गल्ती नदोहोरिने भन्ने कुरो हुइनाभुइना भइरहेको छ भने पूर्व मेयर रमेश महर्जन तथा युवा समाजसेवी राजकमल महर्जन दुईमध्ये एकलाई मेयर उम्मेदवार बनाउने  कुरो पनि अपुष्ट रुपमा हुइनाभुइना भइरहेका छन् ।

कीर्तिपुर नगरभित्रका सचेत जनसमुदाय एवं राजनीतिक विश्लेषकहरु भने स्थानीय तह उप निर्वाचनमा मेयर पदको निम्ति उम्मेदवार चयन गर्ने हो भने कीर्तिपुरका सम्पूर्ण राजनीतिक पार्टीहरुले स्थानीय तवरबाट नै उम्मेदवार चयन गर्नुपर्ने तथा केन्द्रको शक्ति प्रयोग गर्न नहुने तथा कीर्तिपुरको लागि केही गर्छु भन्ने सोँच भएका ल्याउनुपर्ने धारणा राख्दै आइरहेका छन् ।

Categorized in राजनीति