STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘माक्र्सवाद गतिशील समाज विज्ञान’ ः मन्त्री रावल

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २२, आइतबार

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले ‘माक्र्सवाद गतिशील समाज विज्ञान’ भएको बताउनुभएको छ ।
काल माक्र्सको २०१ औँ जन्मदिनको अवसरमा कर्णाली खोज, अनुसन्धान तथा अध्ययन केन्द्रद्वारा आज यहाँ आयोजित विचार गोष्ठीमा उहाँले माक्र्सवादले मानव चिन्तनको उज्ज्वल र प्रगतिशील परम्परालाई आत्मसात् गरेको बताउनुभयो । 
मन्त्री रावलले माक्र्सवादका प्रतिपादक तथा वैज्ञानिक साम्यवादका सिद्धान्तकार कार्ल माक्र्सको सान्दर्भिकतालाई कम्युनिष्टहरुले व्यवहारमा उतार्न नसकेको उल्लेख गर्दै दलाल र  पूँजीवादलाई विस्थापन गर्नु आजको अपरिहार्यता रहेको बताउनुभयो । 
नेकपाका केन्द्रीय सदस्य लक्ष्मी पोखरेलले कार्ल माक्र्स समाज विज्ञानका प्रणेता भएको बताउँदै माक्र्सवादको अध्ययन तथा प्रयोगबाट मात्र सामाजिक न्यायसहितको समुन्नत समाज निर्माणमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । 
सो अवसरमा मन्त्री रावलले कर्णाली खोज, अनुसन्धान तथा अध्ययन केन्द्रको मुखपत्र ‘कर्णाली बहस’ नामक पुस्तकको विमोचन पनि गर्नुभयो । 
Categorized in राष्ट्रिय